काठमाडौं - अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नाडा अटोमोबाइल्स एसोसिएसनद्वारा आयोजित कार्यक्रममा सरकार अहिले बजेट निर्माणको काममा गम्भीर रूपमा लागेको बताएका छन् ।
बजेट निर्माणको काम अहिलेको सरकारको बुझाइमा यो केबल अर्थमन्त्रीको व्यवसाय र सरकारको निर्देशन मात्र नभई यो आम नागरिकको र उत्पादनका सबै क्षेत्रका हुनुपर्ने उनले बताए । त्यस हिसाबमा बजेट निर्माणमा सबै क्षेत्रको गहकिलो सल्लाह सुझावको आवश्यकता रहेको उनले बताए ।
नेपालमा अटो व्यवसाय राम्रो पर्न आवश्यक पर्ने सल्लाह सुझाव सरकारलाई दिन उनले आग्रह गरेका छन् । मुख्य रूपमा बजेट निर्माण सँग गाँसिएका विषयहरू क्रम बद्ध रूपमा दिन उनले आग्रह गरेका हुन् । बजेट निर्माणमा अटोमोबाइल्स एसोसिएसन र यस क्षेत्रमा लागेका सबैको धेरे ठुलो योगदान रहेको उनले बताए । नाडाको व्यवसाय आन्तरिक बजार मात्र सीमित नभई अन्तर्राष्ट्रिय बजार सम्म बढ्न सक्ने उनले बताएका छन् ।
'हामी आकारमा सानो ठुलो जस्तो भएता पनि हामी ठुलो स्तरको काम गरी विश्व बजारमा आफ्नो क्षमता देखाउने छौँ उनले भने, सीमाभन्दा बाहिर गएर पनि गाडी निर्यात गर्न सक्छौँ भने आत्म विश्वास बोकेर अगाडी बढ्नु पर्छ ।' अहिले जुन हिसाबले नाडा अगि बढेको छ यसै प्रकारले अगाडी बढेरमा राम्रो उपलब्धि प्राप्त गर्ने उनले बताएका छन् । अटो क्षेत्रको साफता नै सरकारको सफलता हुने उनले बताएका हुन् ।
सरकारले केन्द्रीय बैंकलाई सहयोग गर्ने संस्थाको रूपमा राखेका उनले बताएका छन् । राष्ट्र बैकले अटोका क्षेत्रमा र अटोले राष्ट्र बैकको लागी काम गर्ने उनले बताएका छन् । अटो एसोसिएसनलाई अगाडी बढाउनु पर्छ भने पक्षमा सरकार रहेको उनले बताए ।
अर्थतन्त्रमा अटो क्षेत्रमात्र नभई समग्र निजी क्षेत्रमा महत्त्वपूर्ण भूमिका रहेको उनले बताएका छन् । अर्थतन्त्रको दबाबको स्थितलाई कसरी रूपान्तरण गर्नुपर्ने उनले बताए ।
प्रतिक्रिया