सभापति पक्राउ परेपछि रास्वपाको आशन्न महाधिवेशन अनिश्चित, नेताहरु अलमलमा

बुधबार, २७ चैत्र २०८१, १५ : ४०

काठमाडौं– संसदको चौथो ठूलो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीको आशन्न महाअधिवेशन अनिश्चित भएको छ । सहकारी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेपछि महाधिवेशन बारे अन्यौल सिर्जना भएको हो । 

विधानले दिएको सुविधा र सभापतिसमेत अनुपस्थित हुने अवस्थामा वैशाखको महाधिवेशन मिति सार्नुपर्ने धेरैजसो नेताहरूको धारणा छ । सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा रुपन्देही जिल्ला अदालतको आदेशलाई उच्च अदालत तुलसीपुरले उल्ट्याएपछि सभापति लामिछाने गत शुक्रबार पक्राउ परेका थिए । लामिछाने हाल पुर्पक्षका लागि रुपन्देहीमा थुनामै छन । उनी कति समय थुनामा रहने हुन् भन्ने अनिश्चित छ ।

यद्यपी आगामी वैशाखको २५, २६ र २७ गतेलाई तोकिएको पहिलो राष्ट्रिय महाधिवेशन सोही मितिमा गर्ने कि नगर्ने भन्ने अन्तिम निर्णय बुधबारको सचिवालय बैठकले गर्ने भएकाले अहिले नै केही भन्न नसक्ने सो पार्टीका नेताहरूको भनाइ छ ।
 

 
 
 
 
बुधबार, २७ चैत्र २०८१, १५ : ४०

प्रतिक्रिया