काठमाडौं- नेपालको पहिलो र एकमात्र आइबी कन्टिन्यूम स्कूल प्रिमियर इन्टरनेशनलले ‘अवार्ड एण्ड रिकग्निसन डे’ भव्य रुपमा मनाएको छ ।
ललितपुरको खुमलटारमा रहेको यस स्कूलले विद्यार्थीहरुले वर्षभर गरेका कार्यलाई मध्यनजर गर्दै विभिन्न १० विधामा सम्मान गरेको हो । आजको अवार्ड आन्तरिक प्रतिस्पर्धाको आधारमा दिइएको थियो । ‘अवार्ड एण्ड रिकग्निसन डे’ मा ६ कक्षादेखि १० कक्षाका विद्यार्थीहरु सहभागी थिए ।
विद्यार्थीको कडा परिश्रम र लगनलाई सम्मान गर्दा अर्को वर्ष अझै राम्रो गर्ने मनोभाव विकास हुने स्कूलकी एकेडेमिक डाइरेक्टर प्रविणा थापाले विश्वास व्यक्त गरिन् । आजको दिनलाई स्कूलले विशेष दिनका रुपमा हेरिएको बताउँदै उनले यस्तो कार्यक्रममा विद्यार्थी र अभिभावक दुवैको सहभागिताले परिवारको सम्बन्ध अझै प्रगाढ बन्ने पनि उनले बताइन् ।
दुई वटा सेसनमा सम्पन्न उक्त ‘अवार्ड एण्ड रिकग्निसन डे’ को बिहानी सत्रमा ६ र ७ कक्षाका विद्यार्थीलाई सम्मान गरिएको थियो भने दिउँसोको सत्रमा ८, ९ र १० कक्षाका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । स्कूलले दुई महिनाअघि पनि अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरको प्रतिस्पर्धामा सुखद् नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई सम्मान गरेको थियो ।
प्रिमियर स्कूलले अन्य विद्यालयले जस्तो परीक्षाको नतिजाको आधारमा मात्र नभएर विद्यार्थीको सिप, प्रतिभा र ज्ञानको आधारमा पनि पुरस्कृत गरेर विद्यार्थीहरुको मनोवल बढाउन मद्दत गर्दै आएको स्कूलकी डाइरेक्टर पवित्रा लिम्बुले बताइन् । यसका साथै उनले विद्यार्थीलाई समयमै असल बाटोमा डोहोर्याउन सके परिवारको लागि मात्र नभएर देशकै हितकर हुने पनि बताइन् ।
आईबीले विश्वभरका १५९ भन्दा बढी देशहरूमा किन्डरगार्टेनदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूका लागि प्राथमिक वर्ष कार्यक्रम (पीवाईपी), मध्य वर्ष कार्यक्रम (एमवाईपी), डिप्लोमा कार्यक्रम (डीपी) र करियर सम्बन्धित कार्यक्रम (सीपी) गरी अन्तर्राष्ट्रिय शिक्षाका चार कार्यक्रमहरूको कन्टिन्युम प्रदान गर्दै आएको छ । वर्षभर उच्चस्तरीय अन्तर्राष्ट्रिय शिक्षा प्रदान गरी चार मुख्य कार्यक्रममध्ये न्यूनतम तीन कार्यक्रम कार्यान्वयन गर्ने विद्यालयहरूलाई कन्टिन्यूम विद्यालयका रुपमा चिनिन्छ । केजीदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूका लागि आईबी कार्यक्रम प्रदान गर्ने प्रिमियर इन्टरनेशनल नेपालकै पहिलो आईबी वर्ल्ड स्कूल हो।
त्यसैगरी सन् २०१४ र २०१७ मा स्विट्जरल्यान्डमा अवस्थित इन्टरनेशनल बाक्कालोरिएट (आईबी) बाट मान्यता प्राप्त यो स्कूलमा कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरूका लागि आईबी एमवाईपी कार्यक्रमहरु प्रदान हुँदै आएको छ, जुन प्रदान गर्ने प्रिमियर नेपालको पहिलो र एक मात्र स्कूल हो।
प्रतिक्रिया