बारको अध्यक्षमा सत्ताधारी गठबन्धनका विजय मिश्र भारी मतान्तरले विजयी

विहीबार, २८ चैत्र २०८१, १३ : २०

काठमाडौं– नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वमा कांग्रेस–एमाले प्यानलका विजयप्रसाद मिश्रको प्यानलै निर्वाचित भएको छ । मिश्र ५०५२ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी विपक्षी गठबन्धनबाट भिडेका माओवादीनिकट कानून व्यवसायी समूहका २६२१ मतमा रोकिए ।

दुईजनाबीचको मतान्तर २४३१ छ । त्यस्तै महासचिवमा कांग्रेस–एमाले प्यानलका केदारप्रसाद कोइराला ४८७४ भोट ल्याएर विजयी हुँदा यज्ञमणि न्यौपानेले २३६७ भोटमात्र ल्याए । शनिबार भएको बारको चुनावमा ९९५७ मतदातामध्ये करिब ८० प्रतिशत मतदान भएको थियो । मतदानका लागि काठमाडौं र बाहिर गरी ३६ केन्द्र तोकिएको थियो । 

b1

 
विहीबार, २८ चैत्र २०८१, १३ : २०

प्रतिक्रिया