काठमाडौं- चैत २० गतेदेखि आन्दोलन गर्दै आएका शिक्षकहरूलाई सरकारले वार्तामा आउन पटक पटक आह्वान गर्दै आएको छ। आन्दोलनमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर अध्यक्ष सुवेदीले आफ्ना माग पूरा नहुने वार्तामा सहभागी नहुने बताएका छन् ।
आज दिउँसो वार्ताका लागि सरकारले पूरा गर्नुपर्ने न्यूनतम आधार बुझाउन जान लागेको बताए । शिक्षा सचिव डाक्टर दीपक काफ्लेले हिजो बुधवार एक पत्र लेख्दै विद्यालय शिक्षा विधेयकका विषयमा छलफल गर्न आउन भनेका थिए। त्यही आधारमा महासंघको सह अध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीको नेतृत्वमा टोली सिंहदरबार महासंघ छलफलमा भने सहभागी हुने अध्यक्ष सुवेदीले बताए ।
प्रतिक्रिया