त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

विहीबार, २८ चैत्र २०८१, १५ : ४३

काठमाडौ –त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ । उनको राजीनामा बिहीबार प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले स्वीकृत गरेका हुन् ।

बरालले स्वास्थ्य कारण देखाउँदै १५ चैतमा प्रधानमन्त्री एवं त्रिविका कुलपति ओलीलाई सम्बोधन गरी राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 रेक्टर र रजिस्ट्रारले पोखरा पुगेर बराललाई राजीनामा फिर्ता गर्न आग्रह गरे पनि उनी काममा फर्किन तयार भएका थिएनन् । 

विहीबार, २८ चैत्र २०८१, १५ : ४३

प्रतिक्रिया