अखिल (क्रान्तिकारी)को काठमाडौं विश्वविद्यालयमा रिले अनसन

शुक्रबार, २९ चैत्र २०८१, १० : २१

काठमाडौं- अखिल (क्रान्तिकारी)ले काठमाडौं विश्वविद्यालयमा रिले अनसन थालेको छ। विभिन्न मागहरू अघि सारेर आन्दोलन गर्दै आएको क्रान्तिकारीले बुधवारबाट अनिश्चितकालिन रिले अनशन थालेको हो ।ठोस पदार्थ केही पनि नखाने र तरल पदार्थ मात्र खाने गरी रिले अनसन थालिएको हो ।  अखिल (क्रान्तिकारी)ले  काठमाडौँ विश्वविद्यालयमा विगत तीन दिनदेखि विरोध प्रदर्शन गर्दै आएको छ ।

सोमबार विश्वविद्यालयको गेटमा अगाडि विद्यार्थीहरूले मुखमा टेप टाँसेर हातमा पम्पलेट बोकेर प्रदर्शन गरेका थिए । विद्यार्थी कल्याण परिषद्को चुनाव प्रत्यक्ष प्रणाली मार्फत गरिनुपर्ने, छात्रवृत्तिबाट वञ्चित गरिएका फार्मेसी विभागका २ ब्याचलाई छात्रवृत्ति प्रदान गरिनुपर्ने, विद्यार्थी कल्याण परिषद्को अधिकार बन्द गरिनुपर्ने र विश्वविद्यालयको नियम विपरीत गरिएका नियुक्ति खारेज गरिनुपर्ने माग राखेर क्रान्तिकारीले आन्दोलन गर्दै आएको छ।

अखिल (क्रान्तिकार) काठमाडौं विश्वविद्यालय राष्ट्रिय समिति स्कूल ओफ ईन्जिनियरिङका इन्चार्ज सार्थक न्यौपानेले माग पुरा नगर्दासम्म आन्दोलन जारी रहने बताए। 

शुक्रबार, २९ चैत्र २०८१, १० : २१

प्रतिक्रिया