देशका विभिन्न ठाउँमा बिहानैदेखि हावाहुरी,मेघगर्जनसहित वर्षा

शनिबार, ३० चैत्र २०८१, ११ : ०४

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा बिहानैदेखि हावाहुरी मेघगर्जन र चट्याङसहितको वर्षा भइरहेको छ ।

काठमाण्डौ उपत्यका  लगायत वरिपरि क्षेत्रमा ठुलो हावाहुरी गराउने  प्रणाली थप सक्रिय भएर मेघगर्जन र चट्याङ सहित वर्षा भइरहेको मौसमविद्ले बताएका छन् । आज बिहानैदेखि गण्डकी, लुम्बिनी , कर्णाली र बागमती  प्रदेशमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव थपिँदा विभिन्न ठाउँमा वर्षा भइरहेको महाशाखाको भनाइ छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका थोरै ठाउँहरुमा तथा बाँकी भूभागका एक÷दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँहरुमा हिमपातको समेत सम्भावना रहेको छ । 

 
 
शनिबार, ३० चैत्र २०८१, ११ : ०४

प्रतिक्रिया