गृहमन्त्री लेखकले भने– यातायात क्षेत्र देशको मुख्य आर्थिक मेरुदण्ड हो

शनिबार, ३० चैत्र २०८१, १५ : ०८

काठमाडौं – गृहमन्त्री रमेश लेखकले यातायात क्षेत्र देशको मुख्य आर्थिक मेरुदण्ड रहेको बताएका छन् ।

शनिबार तराई यातायात व्यवसायी संघको १८ औँ वार्षिक साधारणसभा बाराको सिमरामा बोल्दै उनले उद्योग, व्यापार, पर्यटन, शिक्षा तथा स्वास्थ्य सेवा सबैको सम्बन्ध यातायातसँग जोडिएको बताउँदै यातायात व्यवसायीको भूमिका अतुलनीय रहेको बताए । उनले कृर्षि उत्पादनको बजारसम्म पहुँच, मानव स्रोतमाथिको निर्भरता लगायत सिमापार व्यापारमा यातायात व्यवसायको महत्वपूर्ण भूमिका रहेको बताए । 

यातायात क्षेत्रमा नियमको कार्यान्वयन, व्यवसायीले भुक्तानी गर्ने कर संरचना र यातायात क्षेत्रमा संलग्न व्यवसायी, मजदुर र साधन सुरक्षाका सवाल रहेको उनको भनाइ थियो । उनले आफू २०६३ सालदेखी कुनै न कुनै रुपमा यातायात क्षेत्रसँग जोडिएको बताउँदै यातायात क्षेत्रका समस्या समाधानका लागि पहल गरिरहेको बताए । 

 
 
शनिबार, ३० चैत्र २०८१, १५ : ०८

प्रतिक्रिया