आगामी नयाँ वर्षमा नयाँ सरकार बन्ने प्रचण्डको ठोकुवा

आइतबार, ३१ चैत्र २०८१, १० : ४१

काठमाडौ- नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार बन्ने सम्भावना औंल्याएका छन् ।  

आइतबार गृहजिल्ला चितवन पुगेका प्रचण्डले सञ्चारकर्मी समक्ष पछिल्ला राजनीतिक घटनाक्रमको हवाला दिँदै नयाँ वर्षमा नयाँ सरकार बन्नेतर्फ संकेत गरेका हुन् ।

उनले भने, ‘नयाँ वर्षमा केही नयाँ निकास निस्कन्छ भन्ने मलाई लागेको छ ।’

साथै प्रचण्डले आफू प्रधानमन्त्री बन्ने बारेमा भने केही खुलाएनन् । उनले ठूलो दलकै नेतृत्वमा सरकार बन्ने बताउँदै कांग्रेुसतर्फ नै संकेत गरेका छन् ।

आइतबार, ३१ चैत्र २०८१, १० : ४१

प्रतिक्रिया