स्मार्टफोन र कम्प्युटरमा पारस्परिक शुल्क नलगाउने ट्रम्पको निर्णय, चीनलाई पनि छुट

आइतबार, ३१ चैत्र २०८१, १२ : ४५

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले स्मार्टफोन र कम्प्युटरहरूलाई पारस्परिक शुल्कबाट छुट दिएको छ।

यसमा चीनलाई पनि राहत दिइएको छ। यो छुटमा सेमिकन्डक्टर, सौर्य सेल र मेमोरी कार्डहरू पनि समावेश छन्।

अमेरिकी भन्सार तथा सीमा सुरक्षा कार्यालयले शुक्रबार राति जारी गरेको सूचनामा चीनबाट अमेरिका भित्रिने स्मार्टफोन र कम्पोनेन्टलगायत विभिन्न इलेक्ट्रोनिक सामानमा १४५ प्रतिशत थप कर लगाइएको थियो । सेमीकन्डक्टरहरूलाई अधिकांश अमेरिकी व्यापारिक साझेदारहरूमा ‘आधारभूत’ १० प्रतिशत कर र चीनमा थपिएको १२५ प्रतिशत करबाट पनि बाहिर राखिएको छ ।

अमेरिकी प्रविधि कम्पनीहरूले पारस्परिक शुल्कले ग्याजेटहरूको मूल्य उच्च हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए । धेरैजसो ग्याजेटहरू  चीनमा बन्छन् ।
 

आइतबार, ३१ चैत्र २०८१, १२ : ४५

प्रतिक्रिया