काठमाडौँ – नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले अझै पनि गल्ती गर्न खोजिरहेको भन्दै उनको सक्रियताप्रति आपत्ति जनाएको छ । सोमबार बसेको सचिवालय बैठकमा पूर्वराजाको गतिविधिबारे छलफल हुनुका साथै उनको सक्रियताप्रति आपत्ति जनाएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
बैठकले यसखालका कुनै पनि क्रियाकलाप नगर्न पूर्वराजालाई सचेत गराएको उनको भनाइ छ। गणतन्त्र उल्ट्याउने प्रयासका साथ कसैले त्यस्तो गतिविधि गर्छ भने त्यो अस्वीकार्य हुने उनको भनाइ थियो ।
प्रतिक्रिया