कालंगा हाइड्रोले एक वर्षमा कमायो ४७ करोड ७० लाख

शनिबार, ०६ बैशाख २०८२, १६ : ५९

काठमाडौं- कालंगा हाइड्रो लिमिटेडले सन् २०२४ मा ४७ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । जुन सन् २०२३ मा कम्पनीको आम्दानीभन्दा १६८ प्रतिशत बढी हो । 

चालु आवको ६ महिनामा कालंगाले २८ करोड आम्दानी गरेको रेटिङ एजेन्सी केयर रेटिङ नेपाल लिमिटेडले जनाएको छ । कालंगा हाइड्रोले बझाङ जिल्लामा १५.३३ मेगावाटको जलविद्युत आयोजना निर्माण गरेको छ ।

साथै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ४९ लाख कित्ता सेयर पनि जारी गर्दैछ । 

शनिबार, ०६ बैशाख २०८२, १६ : ५९

प्रतिक्रिया