काठमाडौं- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सांसद माया राईलाई पक्राउ गरेको छ ।
कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा सांसद राईलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जानकारी दिएको हो।
सहकारी ठगी र संगठित अपराधको कसुरमा सांसद राईलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको थियो।
प्रतिक्रिया