संसदीय समितिद्वारा सरकारलाई नीति तथा कार्यक्रमबारे सुझाव प्रतिवेदन हस्तान्तरण

मंगलबार, १६ बैशाख २०८२, १२ : २१

काठमाडौं- राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिले सरकारलाई आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रममा समितिले तयार पारेको सुझावसहितको प्रतिवेदन बुझाएको छ । 

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले सरकारलाई आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रममा समितिले तयार पारेको सुझावसहितको प्रतिवेदन हस्तान्तरण गरेको हो । समितिको बैठकमा समिति सभापति ठाकुरप्रसाद गैरेले रक्षामन्त्री मानवीर राईलाई सो प्रतिवेदन हस्तान्तरण गरे । 

प्रतिवेदनमा नेपाल सरकारको आव २०८२/०८३ को नीति तथा कार्यक्रममा समितिले तयार पारेको सुझाव र ध्यानाकर्षण सम्बन्धमा छलफल र सो सुझावहरू रहेका छन् ।

मंगलबार, १६ बैशाख २०८२, १२ : २१

प्रतिक्रिया