चौधरीलाई फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको प्रहरीको दाबी

बुधबार, १७ बैशाख २०८२, १३ : ४३

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । बुधबार जनमत पार्टीसँगको एकता कार्यक्रमको ठिक अघि उनलाई पक्राउ गरिएको हो ।

चौधरी पार्टी एकता कार्यक्रममा सहभागी हुन काठमाडौंस्थित प्रज्ञा भवन पुगेका थिए । उनलाई सादा पोसाकका प्रहरीहरूले पक्राउ गरेर डिल्लीबजार कारागार लगेको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौंले फैसला कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरिएको जानकारी दिएको छ । 

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको दिन चौधरीलाई बाँकी कैद मिनाहा गरिदिएका थिए । 

राष्ट्रपतिको सोही निर्णयविरुद्ध टीकापुर घटनामा मृत्यु भएका सशस्त्र प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले सर्वोच्चमा रिट दर्ता गराएकी थिइन् । 

बुधबार, १७ बैशाख २०८२, १३ : ४३

प्रतिक्रिया