शिक्षक र सरकारबीच भएको सहमतिका ९ बुँदा यस्ता छन् ?

विहीबार, १८ बैशाख २०८२, ०७ : २०

काठमाडौं– बुधबार (हिजो) सरकारसँग भएको ९ बुँदे सहमतिसँगै २९औं दिनदेखि जारी शिक्षकको सडक आन्दोलन फिर्ता भएको छ ।

विगतका सहमति र सम्झौतालाई ध्यानमा राखी नयाँ विद्यालय शिक्षा ऐन २०८२ असार १५ भित्र प्रतिनिधिसभाबाट पारित गर्न संसदीय समिति, सत्तापक्षका दलका प्रमुख सचेतकहरूबाट समेत लिखित प्रतिवद्धता व्यक्त भएको छ ।

शिक्षक महासंघले सहमतिपछि विज्ञप्ति निकाल्दै समयमा ऐन जारी हुने विश्वाससहित आजकै मितिबाट विद्यालय भर्ना, नियमित कक्षा सञ्चालन, परीक्षासम्बन्धी सबै काम गर्न अनुरोध गरेको छ ।

शिक्षामन्त्री र सरोकारवालामन्त्रीसमेतको उपस्थितिमा लगातार ३ दिनको वार्ता आज सहमतिमा टुंगिएको हो । ९ बुँदे सहमतिलाई मन्त्रिपरिषद्बाट स्वीकार गरिएको साथै प्रक्रियामा गई कार्यान्वयन गर्ने क्याविनेटपछि सरकारका प्रवक्ता सञ्चारमन्त्री पीएस गुरुङले जानकारी गराए ।

t1

 
 
विहीबार, १८ बैशाख २०८२, ०७ : २०

प्रतिक्रिया