श्रमिक दिवसको अवसरमा चीनका श्रमिकलाई पाँच दिन विदा

विहीबार, १८ बैशाख २०८२, ११ : १२

काठमाडौं- जनवादी गणतन्त्र चीनमा श्रमिक दिवसको अवसरमा सुनौलो सप्ताह (गोल्डेन विक) सुरु भएको छ । 

चीनमा अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा सरकारले पाँच दिने विदा दिएको छ । 

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा संसारभरका मजदुरहरूले श्रम दिवस मनाउने गर्छन् । श्रमिकका हक अधिकारका कुरा गर्ने अवसरमा चीनमा भने छुटी दिएर मनाइन्छ । 

कम्युनिस्टले पार्टीले शासन चलाएको मुलुक चीनमा भने सुनौलो सप्ताह भन्दै पाँच दिने छुट्टी दिएर नागरिकहरूलाई श्रम दिवसको अवसरमा घुमून् भनेर सरकारले प्रोत्साहन गरेको हो । छुट्टी सोमबारसम्म लागू हुने छ ।

तर वास्तवमा भने उनीहरुको विदा ३ दिन मात्र छ । शुक्रबारको विदा गत २७ अप्रिल आइतबार काम गरिसकेका छन् भने सोमबारको विदाको सट्टामा अर्को साता आइतबार काम गर्नुपर्ने हुन्छ ।

सन् २००८ सम्म श्रमिक दिवसको अवसरमा चीन दिनको विदा दिने गरिएको थियो ।

चीनमा हरेक शनिबार र आइतबार सार्वजनिक विदा हुने गर्दछ । त्यसबाहेक चिनियाँ नयाँ वर्षमा वसन्त पर्वमा तीन दिन, पुर्खा दिवसमा एक दिन श्रमिक दिवसमा एक दिन, ड्रागन दिवसमा एक दिन, मध्य शरद चाडमा एक दिन, राष्ट्रिय दिवसमा तीन दिन र अन्तर्राष्ट्रिय नयाँ वर्षमा जनवरी १ गरी जम्मा ११ दिन सार्वजनिक विदा हुने गर्दछ ।

चीनमा दिइने ११ दिने सार्वजनिक विदा शनिबार, आइतबार परेमा त्यसको साथै त्यस हप्ताको सोमबार पनि विदा दिने गरिन्छ । तर सोमबारको विद्याको काम सोही हप्ताको अगाडि पछाडिको शनिबार काम गर्नु पर्दछ । विदालाई लामो बनाउन र यो नियम चीनभर नै एउटै नियम रहेको छ ।

एक अर्ब चालिस करोड जनसंख्या रहेको चीनमा २३ वटा प्रान्त, ५ वटा स्वायत्त प्रदेश, ४ वटा केन्द्र शासित सहर र २ वटा विशेष प्रशासनिक क्षेत्र छन् । त्यसमध्ये मंगोलिया, सिन च्याङग युगुर, क्वाङ्ग सि च्वाङ्ग जातीय, निङ्ग स्या ही जातीय र तिब्बत स्वायत्त प्रदेश छन् । केन्द्र शासित सहर राजधानी बेङजिङ, शाङगहाई, थ्येनचिङ र छोङ्गछिङ्ग रहेका छन् ।

चीनमा हङकङ र मकाउ २ वटा विशेष प्रशासनिक क्षेत्र छन् । ३४ वटा प्रान्तीय स्तरका प्रशासनिक अंगहरू रहेका छन् ।  

विहीबार, १८ बैशाख २०८२, ११ : १२

प्रतिक्रिया