तने बोडीमा भेटियो ९५ प्रतिशत विषादी

शुक्रबार, १९ बैशाख २०८२, १२ : ००

काठमाडौं- कालीमाटीमा बिक्रीका लागि ल्याइएको तने बोडीमा ९५ प्रतिशतभन्दा बढी विषादी भेटिएको छ ।

सर्लाहीबाट बिक्रीका लागि ल्याइएको उक्त बोडीमा ९५.२७२ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी तरकारी बजार विकास समितिले जनाएको छ । 

विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई कालीमाटीले शुक्रबार १८ वटा स्टलका १८ वटा तरकारी तथा फलफूलको विषादी जाँच गरेको थियो । त्यसमध्ये तने बोडीमा उक्त प्रतिशतमा विषादी फेला परेको हो । 

बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।

शुक्रबार, १९ बैशाख २०८२, १२ : ००

प्रतिक्रिया