लोडसेडिङको युग सकिएको हितेन्द्रदेव शाक्यको दाबी, जारी गरे ७५ पेजको श्वेतपत्र

शुक्रबार, १९ बैशाख २०८२, १४ : ५९

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङको युग सकिएको बताएका छन् । 

शुक्रवार प्राधिकरणको श्वेतपत्र जारी गर्दै शाक्यले यस्तो बताएका हुन । उनले  प्रसारण प्रणालीतर्फ आर्थिक वर्ष २०८१र८२ को फाल्गुन मसान्तसम्म  ३१ पटक गरी ४ घण्टा २ मिनेट आंशिक प्रणाली ट्रिपिङ भएको बताए ।

उनले वितरण प्रणालीमा देशभरि जडित थ्री फेज स्मार्ट मिटरमध्ये करिब ४८ हजार मिटरको २०८१ श्रावण देखि चैत्रसम्मको तथ्यांकको आधारमा वार्षिक औसत ८२५ पटक र ३७ मिनेट प्रति अवरोध गरी जम्मा ५०९ घण्टा ग्राहकहरूमा औसत विद्युत अवरुद्ध भएको जनाए । उनले यो अवरोध समयलाई कम गरिँदै लैजाने बताए । 

उनले उच्च भोल्टेज सञ्जालतर्फ कुल ६,७४५ सर्किट किमि प्रसारण लाइन तथा १३,७५४ एम।भी।ए। सबस्टेसन सञ्चालनमा रहेको बताए । उनले २,१२९ सर्किट कि।मि। प्रसारण लाइन तथा ६,६६९ एमभीए सबस्टेसन निर्माणाधीन रहेको बताए । उनले अन्तरदेशीयतर्फ कुल १,७४५ मेगावाट क्षमताको २२४ सर्किट किमि सञ्चालनमा रहेका छन् ।

pana 1

pana 2

pana 3

pana 4

pana 5

pana 6

pana 7

pana 8

3 bidhut

 

 

शुक्रबार, १९ बैशाख २०८२, १४ : ५९

प्रतिक्रिया