स्वास्थ्य बीमा बोर्डले गर्‍यो ४ अर्ब ३८ करोड भुक्तानी

आइतबार, २१ बैशाख २०८२, १३ : ४८

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमा सरकारी र निजी अस्पताललाई ४ अर्ब ३८ करोड भुक्तानी गरेको छ । बीमा बोर्डका अनुसार सेवा प्रदायक ४ सय भन्दा बढी संस्थालाई ४ अर्ब ३८ करोड भुक्तानी गरेको हो । चालू आर्थिक वर्षमा सरकारले बीमा बोर्डलाई ७ अर्ब ५० करोड विनियोजन गरेको थियो । उक्त रकमले पनि नपुगेपछि शुक्रबार अर्थ मन्त्रालयले तीन अर्ब विनियोजन गरेको हो ।

‘स्वास्थ्य बीमा हाल ४८५ वटा सेवा प्रदायक स्वास्थ्य संस्था छन् । जसमध्ये ४०४ सरकारी, ३३ सामुदायिक र ४८ वटा निजी स्वास्थ्य संस्था छन् । बीमा बोर्डको तथ्यांक अनुसार सेवा प्रदायक संस्थालाई मासिक २ अर्ब भुक्तानी गर्नुपर्ने हुन्छ ।

 
आइतबार, २१ बैशाख २०८२, १३ : ४८

प्रतिक्रिया