अमेरिकी डिभी लोटरी २०२६ को नतिजा सार्वजनिक

आइतबार, २१ बैशाख २०८२, १० : ५९

काठमाडौं–अमेरिकी डाइभर्सिटी भिसा डिभी लोटरी २०२६ को नतिजा सार्वजनिक भएको छ । अमेरिकी विदेश मन्त्रालयको कन्सुलर अफेयर्स ब्यूरोले अनलाइनमार्फत नतिजा प्रकाशित गरेको हो ।

डिभी परे\नपरेको थाहा पाउन आवेदकले अमेरिकी विदेश मन्त्रालयको वेबसाइटमा दिइएको लिंकमा क्लिक गरी नतिजा थाहा पाउन सकिनेछ । कन्फर्मेशन नम्बर, नामथर र जन्मेको वर्ष इन्ट्री गरेपछि छनौट भए\नभएको र भएमा अगाडि के गर्ने भन्ने प्रक्रिया थाहा हुनेछ ।

डिभी विजेताहरूले सन् २०२५ को अक्टोबर १ बाट भिसा प्रक्रिया शुरु गर्न सक्नेछन् भने सन् २०२६ को सेप्टेम्बर ३० भित्र भिसा प्राप्त गरिसक्नुपर्नेछ । गएको वर्ष अक्टोबर २ देखि नोभेम्बर ७ सम्म आवेदन दिएका आवेदकहरूले अनलाइनमार्फत आफ्नो नतिजा जाँच गर्न सक्नेछन् । 

 
 
 
आइतबार, २१ बैशाख २०८२, १० : ५९

प्रतिक्रिया