विश्व कीर्तिमानी गीतकार डीआर उपाध्यायलाई मानार्थ विद्यावारिधी प्रदान

आइतबार, २१ बैशाख २०८२, १४ : ०२

काठमाडौं– विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई मानार्थ विद्यावारिधी प्रदान गरिएको छ । भारतको नयाँ दिल्लीमा भएको एक विशेष समारोहमा डा. उपाध्यायलाई किर्गिस्तानको ओश विश्वविद्यालयले उनलाई विद्यावारिधी प्रदान गरेको हो । डा.उपाध्यालाई साहित्य डी लिट मा उक्त विश्व विद्यालयले मानार्थ विद्यावारिधी प्रदान गरेको हो ।


समाजशास्त्रमा सन् २०००मा विद्यावारिधी गर्नुभएका डा.उपाध्यायलाई यसअघि विभिन्न सात विश्वविद्यालयले मानार्थ विद्यावारिधी प्रदान गरेका छन् । यो उहाँको आठौं मानार्थ विद्यावारिधी हो । डा.उपाध्यायलाई अमेरिकालगायत अन्य विश्व विद्यालयले यसअघि सात वटा मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेका छन् ।

 
 
 
आइतबार, २१ बैशाख २०८२, १४ : ०२

प्रतिक्रिया