खानेपानीकै लागि बस्ति सार्नु पर्ने अवस्थाको अन्त्य गर्छौँ : मन्त्री यादव

आइतबार, २१ बैशाख २०८२, १७ : ३३

काठमाडौं–खानेपानीमन्त्री प्रदीप यादवले प्रत्येक नेपाली नागरिकका घर घरमा धारा र धारामा सुरक्षित खानेपानी भन्ने दृढ संकल्पका साथ अघि बढी रहेको बताए । आज ईलामको श्रीअन्तु सामालबुङ खानेपानी आयोजनाको उद्घाटन गर्नु हुँदै मन्त्री यादवले देशका विभिन्न ग्रामीण बस्तीमा अहिले पनि शुद्ध खानेपानीको अभावले थुप्रै समस्या देखापरेकाले ती समस्या समाधान गर्ने सरकारको प्रमुख प्राथमिकता रहेको बताए ।

यसैगरी उहाँले सरकारले आगामी आर्थिक वर्ष २०८२\८३ मा सबै नागरिकलाई स्वच्छ र गुणस्तीय खानेपानी उपलब्ध गराउने तथा सरफाइका क्षेत्रमा लगानी वृद्धि गरेर दिगो विकासको लक्ष्य हासिल गर्ने बताए ।
 

 
 
आइतबार, २१ बैशाख २०८२, १७ : ३३

प्रतिक्रिया