रु रु जलविद्युतको विद्युत बिक्री आम्दानीमा वृद्धि, नाफा पनि बढ्यो

बुधबार, २४ बैशाख २०८२, १२ : २८

काठमाडौं- रु रु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७ करोड २ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा २.३७ प्रतिशत धेरै हो । गत वर्ष यो कम्पनीले ६ करोड ८५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।  

विद्युत बिक्रीबाट हुने आम्दानी ११ करोड ५९ लाखबाट बढेर ११ करोड ८३ लाख रुपैयाँ पुगेको छ । यता, वित्तीय खर्च ६८ लाखबाट घटेर ४६ लाख ८७ हजार रुपैयाँ कायम भएको छ । आम्दानी बढ्दा र खर्च कम हुँदा नाफामा सुधार देखिएको हो ।

५६ करोड ७३ लाख २२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा १७ करोड ३९ लाख रुपैयाँ जम्मा छ । कम्पनीको खराब कर्जा (इपीएस) १६.५० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३०.६७ रुपैयाँ छ । 

बुधबार, २४ बैशाख २०८२, १२ : २८

प्रतिक्रिया