विद्युत बिक्री बढेपछि श्वेतगंगा हाइड्रोपावर ६ करोड ८० लाख नाफामा

विहीबार, २५ बैशाख २०८२, १२ : ४९

काठमाडौं— श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनी ८ लाख २८ हजार रुपैयाँ घाटामा थियो।

नाफामा आएको यो सुधार विद्युत बिक्रीबाट आम्दानी बढेको र वित्तीय खर्च घटेको कारण हो। कम्पनीको विद्युत बिक्री आम्दानी ५९ करोड ७६ लाख रुपैयाँबाट बढेर ६५ करोड ७४ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, वित्तीय खर्च ४२ करोड ३२ लाख रुपैयाँबाट घटेर ३२ करोड १८ लाखमा झरेको छ।

१ अर्ब ५९ करोड ३० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ्स भने अझै ३७ करोड ६६ लाख रुपैयाँ ऋणात्मक छ। प्रतिसेयर आम्दानी (ईपीएस) ४.२७ रुपैयाँ र नेटवर्थ प्रति सेयर ७७.४१ रुपैयाँ कायम छ।

विहीबार, २५ बैशाख २०८२, १२ : ४९

प्रतिक्रिया