काठमाडौं- बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले २१ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.७९ प्रतिशत बढी हो। गत वर्ष यस अवधिमा कम्पनीले १८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको विद्युत बिक्री आम्दानी २.७६ प्रतिशत बढेर ५५ करोड ८७ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको अन्य आम्दानी ७.२० प्रतिशत र सञ्चालन मुनाफा १४.६५ प्रतिशत बढेको छ ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ १८ पैसा बढेर ८ रुपैयाँ २३ पैसा पुगेको छ। सो अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ४८.४७ गुणा र प्रति सेयर नेटवर्थ २०७ रुपैयाँ ६० पैसा रहेको छ ।
प्रतिक्रिया