राधी विद्युतको नाफामा संकुचन

सोमबार, २९ बैशाख २०८२, १२ : ३७

काठमाडौं- राधी विद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ८ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिमा कम्पनीले कमाएको ९ करोड ३१ लाख रुपैयाँ नाफाको तुलनामा १२.९० प्रतिशत कम हो ।

कम्पनीको सञ्चालन आम्दानी ९ करोड ३ लाखबाट बढेर १० करोड ३८ लाख रुपैयाँ कायम भएको छ । समीक्षा अवधिमा गत वर्ष ७ करोड ६६ लाख रहेको वित्तीय आम्दानी घटेर ६ करोड ९५ लाख कायम भएको छ । यो अवधिमा वित्तीय खर्च भने १ करोड ७ लाखबाट बढेर १ करोड ९५ लाख पुगेको छ ।

कम्पनीको प्रशासनिक खर्च पनि बढेको छ । १ अर्ब ८३ करोड ८९ लाख ७९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अदर इक्विटीमा ३२ करोड ३७ लाख रुपैयाँ छ । ईपीएस ५.८८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११७.६१ रुपैयाँ छ ।

सोमबार, २९ बैशाख २०८२, १२ : ३७

प्रतिक्रिया