काठमाडौं- युनियन हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ४३ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले १ करोड ५३ लाख ४३ हजार खुद नाफा आर्जन गरेको थियो ।
यसअवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ५ करोड ७१ लाख रुपैयाँबाट बढेर ५ करोड ८९ लाख रुपैयाँ कायम भएको छ । विद्युत बिक्रीबाट हुने आम्दानीमा बृद्धि हुँदा यसको नाफा बढेको हो ।
कम्पनीको ब्याज खर्च ६३ लाखबाट घटेर २७ लाख कायम भएको छ । ७५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा २४ लाख ३ हजार रुपैयाँ रहेको छ । चैतसम्म यस कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी २.१९ रुपैयाँ रहेको छ । यसको प्रतिसेयर नेटवर्थ भने १००.३२ रुपैयाँ छ ।
प्रतिक्रिया