कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न जरुरी : अध्यक्ष नेपाल

शनिबार, ०३ जेठ २०८२, १३ : १०

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न जरुरी रहेको बताएका छन् । आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले सिंगो कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने काममा आफूहरू लागिरहेको बताए । आफ्नो अडान र विचारमा आत्मविश्वासी भएर अघि बढ्न जरुरी रहेको भन्दै उनले विचार, दृष्टिकोण मिल्नेहरूसँग हातेमालो गर्न मोर्चा बनाएर जानुपर्ने बताए । उनले सम्भव भए पार्टी एकता गरेर जानुपर्नेमा जोड दिए ।   

अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीको विचार र सिद्धान्तबाट विचलित नभईकन सबै खालका विकृति, विसंगतिसँग जुधेर इमानदार कम्युनिष्टको रूपमा अघि बढ्न जरुरी रहेको बताए । 

शनिबार, ०३ जेठ २०८२, १३ : १०

प्रतिक्रिया