केही बर्ष पहिले समाजिक सञ्जालमा प्रेसित एउटा बिवाहको खर्चको विवरण स्क्रिनसट गरेर राखेको थिएँ । सायद त्यो पोष्ट रामहरी बुढाथोकीजीको थियो जस्तो लाग्छ । सोही स्क्रिनसट मैंले २०८२ बैसाख २० गते सामाजिक सञ्जालमा पुनःप्रेसित गरेँ । उक्त खर्च विवरण मित्र भरत अधिकारीजीले पनि सञ्जालमा देख्नुभएछ र मलाइ कल गरेर भन्नुभयो दाइ ! एउटा बिवाह खर्चको बारेमा लेख नै लेख्नुन ! मैले भने म त्यत्तिको लेख्ने अनुभवी परिन तथापि भनिहाल्नुभयो ! हस ! हुन्छ ।
तर मेरो पनि पारा उही हो हुन्छ बहादुर ! आधुनिक नेता जस्तै । हुन्न भन्दै नभन्ने ! गर्न चाहिँ गर्दैनगर्ने । केही दिनमा फेरि स्मरण गराउनुभयो भरतजीले ! दाइ लेख आएन त ! मैंले भने भ्यागुताको धार्नी पुगेन भरतजी ! म यो हप्ता चाहिँ जे जस्तो हुन्छ पठाउँछु । अझै पनि मेरो भ्यागुताको धार्नी त पुगेकै थिएन नै तर पनि आज एउटा विबाहको खर्च बारेमा लेख्न बाध्य नै भएँ । कारण सोध्नु होला फेरि- कारण सामाजिक सञ्जाल नै हो “एक्स” ! ;h{s ;[h'hL @123Srizuu
आज विहान यसो एक्स चलाउँदै गर्दा अचानक “१ रुपैयाँको विवाह !” भन्नेमा मेरो आँखा प–यो । त्यहाँ सृजुजीले एक नवजोडीको तस्बिर सहति विवाह खर्च लेख्नुभएको रहेछ । जुन पोष्ट एक्स भन्ने सामाजिक सञ्जालमा क्रिया प्रतिक्रिया चलिरहेकै अवस्थामाछ । त्यहाँ लेखिए अनुसारको खर्च विवरण निम्नानुसार छ-
१) सिन्दुर घरबाटै ल्याएको
२) पोते भाउजुसँग मागेको
३) माला मन्दिरमै भेटेको
४) गुरुलाइ दक्षिणा रु.१ मात्र
उपर्युक्त विवाह सामाजिक सञ्जालमा भिवर बढाउन थियो भन्नेमा शंका छैन तथापि विवाह वास्तविक होस वा भिवर बढाउन ! त्यो जिम्मा सृजुजी र सञ्जालमा देखिएका नव जोडीलाइ नै । हाम्रो संस्कारमा सिन्दुर मागेर प्रयोग कुनै हालतमा हुँदैन । एउटा पुरुषले एउटी महिलालाइ प्रदान गरेको सिन्दुर दोश्रो महिलाले प्रयोग गर्न बर्जितछ । विवाहको पोतेको आहान नसुन्ने नेपाली समाज नहोला । मन्दिरमा भेटेको माला प्रसादै हो तथापि बेहुलीले बेहुलालाइ लगाइदिने मालाको छुट्टै बिशेषताछ । १ रुपैंया गुरु दक्षिणा सम्बन्धमा बेहुला वा बेहुलीका भाइ भतिजा रहेछन् भने होला !
मैले बैसाख २० गते पोष्ट गरेको करिब ५बर्ष अघि एउटा सामान्य विवाहको खर्च १६ लाख ७० हजार लाग्ने अनुमान थियो । जुन समाजिक सञ्जालमा अहिले पनि पढन र हेर्न सक्नुहुन्छ भने अहिले कति लाग्ला भनेर पोष्ट गरेको थिएँ । सोही आधारमा अहिलेको हरेक बस्तुको महँगी र सुनको बजार भाऊका कारण कम्तिमा २५ लाख भन्दा कममा एउटा विवाह सकिन्छ भन्ने मलाइ लाग्दैन । तर आज १ रुपैंयामा विवाह सम्पन्न भएको देखेपछि यस अघि मैंले समाजिक सञ्जालमा राखेको पोष्ट सहित खबर प्रकाशित गर्न भरतजीलाइ अनुरोध गरेँ .......... बाँकी आउँदा दिनहरुमा...... ।
प्रतिक्रिया