शिव श्री हाइड्रोपावरले बोलायो वार्षिक साधारणसभा

आइतबार, १८ जेठ २०८२, ११ : १७

काठमाडौं- शिव श्री हाइड्रोपावर लिमिटेडले असार ८ गते वार्षिक साधारण सभा बोलाउने भएको छ । 

सभा अनुपम फुडल्याण्ड एन्ड ब्यांकेट काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 

सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । साथै, सभाले नयाँ सञ्चालक नियुक्त गर्नेछ । 

कम्पनीले सभा प्रयोजनार्थ जेठ ३० गते बुक क्लोज गर्ने भएकोले जेठ २९ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् । 

आइतबार, १८ जेठ २०८२, ११ : १७

प्रतिक्रिया