खानेपानीको महत्व

स्वच्छ पानी, स्वस्थ जिन्दगानी

बुधबार, २१ जेठ २०८२, ११ : ४६

पानी मानव जीवनको आधार हो। पानी बिना जीवनको कल्पना गर्न पनि सकिँदैन। हाम्रो शरीर लगभग ७०% भाग पानीले बनेको हुन्छ, जसले देखाउँछ कि पानी जीवनका लागि कति आवश्यक छ। तर सबै पानी पिउन उपयुक्त हुँदैन—हामीलाई चाहिएको हो स्वच्छ पानी, किनभने स्वच्छ पानी नै स्वस्थ्य जीवनको आधार हो। तर सबै पानी पिउन योग्य छैन । सिङगो पृथ्वीको दुईतिहाइ भाग पानीले ढाकेको छ । तर सबै पानी पिउन योग्य छैन । जम्मा पानीको  २ः.५ प्रतिशत पानीमात्र ताजा, स्वच्छ र पिउनका लागि योग्य छ भने ९७.५ प्रतिशत पानि पिउन योग्य छैन ।  

समुद्र र महासागरको पानी नुनिलो छ । जसले पृथ्वीको ९७.५ प्रतिशत भाग ओगटेको छ । २.५ प्रतिशत पानीमात्र ताजा, स्वच्छ र पिउनका लागि योग्य छ । यसमध्येको ठूलो अंश अर्थात् १.७२ प्रतिशत पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवमा हिउँको रूपमा रहेको छ । ०.७४ प्रतिशत भूमिगत स्रोतका रूपमा जमिनमुनि रहेको छ । जमिनको सतहमा रहेको ०.०४ प्रतिशत पानीमात्र मानवका लागि पिउन योग्य छ ।  पानी एक रङ बिहिन, स्वाद बिहिन, वा गन्ध बिहिन रसायनिक पदार्थ हो। पानी पृथ्वीको एक मुख्य घटक हो।  पञ्च तत्वमध्येको एक पानी सबै जीव र वनस्पतिका लागि आवश्यक मानिन्छ । पानी भएकै स्थानमा जीवन सम्भव हुन्छ । पानी नभएको स्थानमा जीवन सम्भव छैन । यसैले पानी नै जीवन हो भन्ने गरिन्छ । जीव र वनस्पतिका लागि जन्ममात्र पर्याप्त हुँदैन बाँच्नका लागि स्वच्छ पानी आवश्यक पर्छ । 

पिउने पानी स्वच्छ र सुरक्षित भयो भने ८० प्रतिशत रोग नै लाग्दैनन् भनिन्छ । पानी एक प्राकृतिक योगिक हो, पानी कार्बन र हाईड्रोजन तत्व मिलेर बन्छ, यसको घुलनशील क्षमताको कारण यसमा धेरै तत्व घुलित अवस्थामा रहन्छन् । यो सामान्य तापक्रममा तरल रुपमा पाईने खनिज या आधारभुत जीवनदायिनी तत्व हो । पानी चिसो भएमा ठोस वा बरफ बन्छ भने तापक्रम बढदा वा हावामा घोलिएर ग्यासको अवस्थामा रहन्छ । पृथ्वीमा ठोस सतह भन्दा जल सतह ४ गुणा बढी छ । शुद्ध पानीको मुख्य श्रोत वर्षा हो, हिमाल, हिमताल, डिप ट्युबवेल, बस्ती भन्दा टाढाका मुल, खोला, नदी, तलाउ पनि ताजा पानीका भण्डार हुन् । पानीले हाम्रो शरीरको रक्तसञ्चार तथा पुरै जैविक प्रक्रिया सन्तुलित राख्न मुख्य भूमिका खेल्छ । खानामा हुने तत्वहरु देखि लिएर श्वास प्रस्वाससंग लिइएको अक्सिजन शरीरको सबै भागमा पुर्याउने काम पानीले गर्छ र शरीरबाट अनावश्यक चिज उत्सर्जन गर्ने काम पनि पानीले नै गर्छ । हामीले हरेकदिन पानी कति पिउने, कस्तो पानी पिउने बिषयमा सचेत हुनु जरुरी छ ।

पानी कति पिउने भन्ने बिषय शरिरको तौल, कार्यशैली, बातावरण, मौसम अनुसार व्यक्ति पिच्छे फरक हुन्छ । वयस्क मानिसले प्रतिदिन कम्तिमा ४ लिटर पानी पिउनुपर्छ । तर हामीले पिउने पानी निर्मलीकृत गरि शुद्ध हुनुपर्छ। पानीलाई शुद्धिकरण गर्न प्राचीन कालदेखि नै कुनै न कुनै विधि अपनाउन थालिएको पाईन्छ । बर्षातको पानी, हिमालको पानी, खोला तथा नदीको पानी शुद्ध मानिन्थ्यो र हाल पनि यसैलाई राम्रो मानिन्छ । यी श्रोतको अलावा डिपबोरिंग हाल बढी प्रयोगमा आएका छन् । पानी शुद्धिकरण गरी पिउनलायक बनाउन उमालेर, घामको किरणले सेकेर, औषधि हालेर, फिल्टर क्यान्डिलको मद्दतले छानेर तथा अरु बिधि अप्नाईन्छ । यी सबै बिधिबाट कुनै न कुनै कोणले पानी शुद्धिकरण गरिन्छ।

पानी उमालेर खानु जत्तिको राम्रो अरु कुनै विधि मानिदैन । पिउन योग्य पानी उमाल्नु नै ठिक हुन्छ । स्वच्छ पानी भन्नाले यस्तो पानीलाई जनाइन्छ जुन कुनै किसिमको प्रदूषण, हानिकारक रसायन, विषाणु, ब्याक्टेरिया आदि मुक्त हुन्छ। यस्तो पानी पिउन योग्य हुन्छ, जसले मानिसको स्वास्थ्यमा सकारात्मक असर पार्दछ। स्वच्छ पानीले वल बुद्धि विवेक  बढद छ ।यदि हामी दूषित पानी पिउछौं भने विभिन्न प्रकारका रोगहरू लाग्न सक्छन्, ।

स्वच्छ पानीले मात्र होइन, स्वच्छ पानीको उपयोगसँग जोडिएका व्यवहारहरूले पनि जीवनलाई स्वस्थ बनाउँछ। उदाहरणका लागि, खाना पकाउनु अघि हात धुने, फलफूल तथा तरकारी सफा पानीले धुने, खाना पकाउने बर्तनहरू सफा राख्ने आदि अभ्यासहरूले पनि रोगबाट बच्न मद्दत गर्दछ। साथै, पानी संकलन गर्ने भाँडाहरू ढाकेर राख्नाले पनि पानीलाई प्रदूषित हुनबाट जोगाउँछ।

‘स्वच्छ पानी, स्वस्थ्य जिन्दगी’ भन्ने भनाइ केवल नारा मात्र होइन, यो एक सत्य हो। यदि हामी स्वस्थ रहन चाहन्छौं भने हामीले पिउने पानीलाई स्वच्छ बनाउन, सुरक्षित राख्न र पानीको उचित व्यवस्थापन गर्न आवश्यक छ। स्वच्छ पानी मानव जीवनको आधारभूत आवश्यकता हो। यो केवल प्यास मेटाउने साधन मात्र होइन, बरु स्वस्थ जीवनको प्रमुख आधार पनि हो। स्वच्छ पानीको अभावले मानिसको स्वास्थ्यमा गम्भीर असर पार्छ, रोगहरू फैलिन्छन्, र समग्र जीवनको गुणस्तर खस्किन्छ। कहाँको कस्तो पानी शुद्ध र पिउनयोग्य छ र कस्तो र कहाँको पानी अशुद्ध दूषित र पिउन अयोग्य छ भनेर वैज्ञानिक परिक्षणपछि मात्र थाहा हुने विषय हो। सामान्यतया जमेको भन्दा बगेको पानी नै पिउन लायक हुन्छ ।

‘खानेपानीको कारणले पनि मान्छेको बुद्धि बढी र घटी हुन्छ  भन्ने जनबिश्वास छ । हावापानीको कारण त्यस क्षेत्रमा वसोवास गर्ने मानिसको जीवनशैली , शोचाई , बुद्धि बिवेक वलशालीमा फरक हुन्छ भन्ने तर्क छ । जमेको सडेको फोहर खाने पानी होइन बगिरहने निर्मल स्वच्छ खानेपानी खानुपर्छ । किनभने जमेको, सडेको दुषित फोहर पानी खायो भने मानिसमा अनेक रोग लाग्ने संभावना प्रवल हुन्छ। 

“स्वच्छ पानी, स्वस्थ जीवन“ केवल नारा होइन, यो जीवनको सत्य हो। पानीको महत्व केवल प्यास मेटाउनमा सीमित छैन, यो स्वास्थ्य, बुद्धि, र जीवनशैलीसँग गासिएको छ। धार्मिक ग्रन्थहरूले पनि पानीलाई अमृत सरह मानेका छन्। त्यसैले हामी सबैले स्वच्छ पानीको संरक्षण गर्नु पर्छ, शुद्ध पानी पिउनु पर्छ र आगामी पुस्ताका लागि सुरक्षित पानीको व्यवस्था गर्न जिम्मेवार बन्नु पर्छ।

हामीसबै मिलेर जल स्रोतको संरक्षण गरौं र स्वच्छ पानीको सदुपयोग गर्दै स्वस्थ जीवन बिताऔं।

बुधबार, २१ जेठ २०८२, ११ : ४६

प्रतिक्रिया