काठमाडौं— संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत डा. लोक दर्शन रेग्मीले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ओहादाको प्रमाण पत्र बुझाएका छन् ।
अमेरिकाको राजधानी वासिङटन डीसीमा आयोजित एक समारोहमा रेग्मीले राष्ट्रपति ट्रम्पसमक्ष प्रमाण पत्र पेश गरेका हुन् ।
राजदूत रेग्मीले राष्ट्रपति ट्रम्पसमक्ष ओहादाको प्रमाण पत्र पेश गरेको अमेरिकास्थित नेपाली दूतावासको आधिकारिक सामाजिक सञ्जालमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया