मुगुमा फेरि गयो भूकम्प

सोमबार, १६ असार २०८२, ०९ : ३४

काठमाडौं- मुगु जिल्ला केन्द्रबिन्दु भएर लगातार दोस्रो दिन भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान जिल्लाको कोटडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको हो । बिहान ८ बजेर ३९ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ४।३ म्याग्निच्युडको रहेको थियो ।

आइतबार पनि मुगुको जिमामा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । केन्द्रका अनुसार २ बजेर ३४ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ४।८ म्याग्निच्युड थियो ।

 
सोमबार, १६ असार २०८२, ०९ : ३४

प्रतिक्रिया