काठमाडौं– केपी शर्मा ओली नेतृत्वको सरकारले एक वर्ष बिताएको छ । काङ्ग्रेस र एमाले मिलेर मध्यरातमा सरकार निर्माणको हस्ताक्षर गरेका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रवि किरण हमालले सरकारको एक वर्षे कार्यकालको समीक्षा गर्दै भ्रष्टाचारीहरू छाती फुलाएर हिँड्ने, तस्करहरू अझै बलिया देखिने, राज्य संयन्त्रहरू विश्वास गुमाउँदै जाने, सरकारमा सामेल मन्त्रीहरू भ्रष्टाचार, कमिसन र तस्करीमा एकपछि अर्को गरी सामेल हुँदै जाने विषम परिस्थिति निर्माण भएको बताएका छन् ।
किरणले युद्धमा होमिएको, गृहयुद्ध अथवा गम्भीर प्राकृतिक एवं महामारीको संकटबाट गुज्रिएको अवस्थामा मात्रै मुख्य दुई राजनीतिक दलहरू मिलेर सरकार निर्माण गर्ने मान्यता विपरीत गएर कांग्रेस र एमाले मिलेर सरकार निर्माण गर्नुको लक्ष्य नै
प्रतिनिधिसभालाई अपहरण गर्दै राज्यका सम्पूर्ण संयन्त्रहरूलाई कब्जा गरेर देशमा लुटतन्त्रको साम्राज्य खडा गर्ने लक्ष्य रहेको नेपाली जनताले महसुस गरिरहेको दाबी गरेका छन्।
सरकारले एक वर्ष पूरा गरेको अवसरमा देशमा राष्ट्रिय संकटहरू झन् झन् बढ्दै गएको र त्यसप्रति जिम्मेवार व्यक्तिहरू नै शासनसत्तामा बसिराख्ने कुरा अप्रजातान्त्रिक मात्र होइन घिनलाग्दो परिस्थिति भएका कारण देश विदेशमा रहने सबैलाई सचेततापूर्वक लड्न समेत अपिल गरेका छन्।
किरणले लेखेका छन् राष्ट्रिय प्रजातन्त्र पार्टीले बितेका एक वर्ष सबैभन्दा बढी राजनीतिक जागरण पैदा गरेको छ, लुटतन्त्रका विरुद्ध प्रतिनिधिसभा र सडकमा सशक्त ढङ्गले हामी लडिरहेका छौँ।
प्रतिक्रिया