सेयर बजार

आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा उछाल, नेप्सेमा ७५ अंकको वृद्धिसँगै १६ अर्ब माथिको कारोबार

विहीबार, ०१ साउन २०८२, १५ : ३०

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो तथा साताको अन्तिम कारोबार दिन सेयर बजार नेप्से परिसूचक ७५.८४ अंकले बढेर २८७०.६३ को विन्दुमा कायम भएको छ । 

नेप्सेमा दिनभरिमा ३११ कम्पनीको ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ५९ करोडमाथिको शेयर कारोबार भएको छ । 

आज ट्रेड टावर कम्पनीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै शुभम पावर र थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले आज ९.९९प्रतिशतका दरले कमाएका छन् । 

एनआइबिएल स्टेबल फन्डका इकाईधनीले आज ७ प्रतिशतका दरले गुमाए।

यसदिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ८४ करोड ४२ लाख रुपैयाँको सेर कारोबार भएको छ । दोस्रोमा बुटवल पावरको ६० करोड ६८ लाख रुपैयाँ र तेस्रोमा राधि विद्युत कम्पनीको ५६ करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
 

 
 
 
 
विहीबार, ०१ साउन २०८२, १५ : ३०

प्रतिक्रिया