मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण

शुक्रबार, ०२ साउन २०८२, १२ : २४


    तनहुँ - जिल्लाको  व्यासनगरपालिकाले नवजात शिशु र आमाको स्वास्थ्य स्याहार र सुरक्षाका लागि गत आर्थिक वर्षमा २४३ जना गर्भवतीलाई पोषण रकम प्रदान गरेको छ । 

गर्भवती पोषण कार्यक्रम ९महिलासँग उपप्रमुख ० अन्तर्गत जनही रु पाँच हजारका दरले २४३ लाई रु १२ लाख २५ हजार रकम वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिनुभयो ।

गर्भवतीलाई पोषण प्रोत्साहन रकम प्रदान गरी कुपोषण हुनबाट बचाउने, नियमित गर्भ जाँच गराउने र असुरक्षित सुत्केरीलाई निरुत्साहित गर्ने उद्देश्यले रकमको व्यवस्था गरिएको उहाँले बताउनुभयो । आर्थिक रूपमा कमजोर महिलालाई उक्त रकम प्रदान गरिएको हो । 

नगरपालिका क्षेत्रका सरकारी स्वास्थ्य संस्थाबाट कम्तीमा तीन पटक ९४, ६ र ८ महिना० स्वास्थ्य गरेको गर्भवतीलाई आठ महिनापछि रु पाँच हजार प्रदान गर्ने कानुनी व्यवस्था छ । 

यसैबीच, पालिकाले ५६ जनालाई अपाङ्गता र १२४ लाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको जनाएको छ । 
रासस

शुक्रबार, ०२ साउन २०८२, १२ : २४

प्रतिक्रिया