ठग राँगा व्यापारी पक्राउ

शुक्रबार, ०२ साउन २०८२, १२ : ४५

काठमाडौं - प्रहरीले दाङमा दर्जनौ राँगाहरु खरिद गरेर पैसा नदिएर ठग्दै हिडेको आरोपमा  एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका–४ पर्सा निवासी ४४ वर्षका मोहम्मद जमिल मुसलमान रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक अर्जुन तिमिल्सेना जानकारी दिनुभयो । प्रहरीले २ महिना लगाएर आरोपी मूसलमानलाई बुधबार पक्राउ गरेको हो ।
निज मोहम्मद जमिल मुसलमान बिरुद्ध दंगिशरण गाउँपालिका–४ निवासी तेजमान चौधरी सहित ३ जनाको २ लाख ८० हजार मुल्यका ६ वटा राँगा २०८० माघ २३ गते उधारो लगेर वेपत्ता भएपछि पिडितले जिल्ला प्रशासन कार्यालय दाङमा उजुरी दिएका थिए । पिडित चौधरीले २०८१ मंसिर २१ गते मूसलमन विरुद्ध ठगि गरेको आरोपमा जिल्ला प्रशासनमा निवेदन दिनुभएको थियो । जिल्ला प्रशासनको पत्र अनुसार जिल्ला प्रहरीले खोजविन सुरु गरेको थियो । चलनचल्तिको मूल्य भन्दा २र३ हजार मूल्य बढि भनेर ठगि गर्ने गरेको प्रहरीले बताएको छ ।

शुक्रबार, ०२ साउन २०८२, १२ : ४५

प्रतिक्रिया