श्रमिकको पारिश्रमिक धोकापूर्ण तरिकाले तोकिएको आरोप

शुक्रबार, ०२ साउन २०८२, १३ : ३७

काठमाडौं - श्रमिकको पारिश्रमिक धोकापूर्ण तरिकाले तोकिएको आरोप  सरकारले श्रमिकको न्यूनतमा पारिश्रमिक तोकेको विषयमा नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले आपत्ति जनाएको छ । महासंघले धोकापूर्ण तरिकाबाट श्रमिकको न्यूनतम पारिश्रमिक तोकिएको भन्दै विरोध जनाएको हो । 

महासंघले सत्ता गठबन्धनका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले निकट ट्रेड युनियन महासंघसँग मात्र छलफल गरेर श्रमिकको जीवन धान्न नै कठिन हुने किसिमले पारिश्रमिक तोकिएको  आरोप लगाएको छ । महासंघले आज विज्ञप्ति जारी गर्दै बिचौलियाहरुको सहमतिमा निर्धारण भएको पारिश्रमिकले श्रमिकको आकांक्षा र आवश्यकताको हत्या गरेको बताएको छ । 

‘जीवन उपयोगी पारिश्रमिक निर्धारणको आशामा बसेका लाखौं श्रमिकहरुको पेटमा छुरा प्रहार गरी श्रमिकको जीवन धान्न नै कठिन हुने किसिमले हाल कायम रहेको १७ हजार ३०० रुपैयाँ न्यूनतम पारिश्रमिकमा २ हजार २५० रुपैयाँ थप गरी १९ हजार ५५० मात्र कायम गर्नेगरी सहमति गरेको भन्ने जानकारी भएकोले हाम्रो महासंघ यसलाई सरकार आबद्ध ट्रेड युनियन महासंघहरु नेपाल ट्रेड युनियन कांग्रेस र नेपाल ट्रेड युनियन महासंघ ९जिफन्ट० ले श्रमिकहरुलाई गम्भीर धोका दिएको ठहर गर्दै बिचौलियाहरुको सहमतिमा निर्धारण भएको पारिश्रमिकले श्रमिकहरुको आकांक्षा र आवश्यकताको हत्या गरेको निष्कर्षमा पुगेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।   


 

शुक्रबार, ०२ साउन २०८२, १३ : ३७

प्रतिक्रिया