ब्रोकर नम्बर ३ अरुण सेक्युरिटीजले सञ्चालनमा ल्यायो आफ्नो नयाँ टिएमएस

शुक्रबार, ०२ साउन २०८२, १६ : ५९

काठमाडौं–अरुण सेक्युरिटिज ब्रोकर नं ३० धितोपत्र खरिद विक्रि सेवा सहित मार्जिन कारोबार सेवा प्रदान गर्नका लािग एट्रेडमा जोडिएको छ । डीजीहबले सञ्चालनमा ल्याएको नयाँ टीएमस एट्रेडमा लगानकिर्ताले कारोबार गर्नका लागि अन्तराष्ट्रिय स्तरको सुविधा प्राप्त गरि मार्जिन कारोबार गर्नसक्ने भएका हुन् । यो टीएमएसमा जोडिने ग्राहकहरूले आफ्नो सेयर बिक्री गर्नासाथ बिक्री गरेको रकम बराबर कारोबार लिमिट प्राप्त गर्न सक्नेछन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्र्तगतको टीएमएसबाट कारोबार सञ्चालन गरिरहेको अरुण सेक्युरिटिजले सञ्चालनमा रहेको टिएमएसमा मार्जिन कारोबार सुविधा नभएकोले आगामी दिनहरुमा मार्जिन कारोबार सुविधा सञ्चालनमा ल्याउन आजदेखि डीजीहबको एट्रेड अन्तर्गत आफ्नो कारोबार गर्ने जनाइएको छ । अरुण सेक्यसरिटिजले नेप्से अन्तर्गतको टीएमएससँग आफ्नो सम्झौता रद्द गरी आजदेखि आफ्ना ग्राहकहरुलाई डीजीहबको टीएमएस अन्तर्गत कारोबार गराउन लागेको हो ।

अरुण सेक्युरिटिजमा करिव २ लाख लगानीकर्ताले ब्रोकर खाता खोली सेयर कारोबार गर्दै आएका छन् । सबै लगानीकर्ताले नेप्सेको टीएमएसबाट हटेर डीजीहबको अत्याधुनिक टीएमएसबाट नयाँ सुविधा सहित सेयर खरिदबिक्री गर्न पाउने भएका हुन् । एट्रेडमा टिएमएसमा लगानीकर्ताले वेवबाट, डेक्सटपबाट तथा मोबाइल एपलगायतबाट सेयर कारोबार गर्न सक्नेछन् ।

उक्त टीएमएसमार्फत लगानीकर्ताले आफ्नो पोर्टफोलियो लाईभ हेर्न पाउनुकासाथै लाईभ डाटालगायतका आधा दर्जनभन्दा बढी फिचरहरु प्रयोग गर्न सक्नेछन् । उक्त टीएमएसमा कारोबारको पारदर्शिता, सिस्टमको सुरक्षा तथा कारोबार डाटाको सुरक्षाका साथै तथ्यांकको गोपनियतलाई समेत विशेष प्राथमिकता दिइएको छ ।

नेपाल धितोपत्र बोर्डले भर्खरै गरेको धितोपत्र व्यावसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमवली २०६४ को छैठौँ संशोधन पछि २० करोड चुक्तापुँजी हुने सबै धितोपत्र ब्रोकरहरूले मार्जिन लेन्डिङ सेवा दिन पाउने व्यवस्था भएको छ । 
 

शुक्रबार, ०२ साउन २०८२, १६ : ५९

प्रतिक्रिया