क्यानाडा–गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको आगामी निर्वाचन प्रक्रिया गम्भीर विवादमा परेको छ । सदस्यहरूको व्यक्तिगत फोन नम्बरसहितको गोप्य विवरणहरू अनधिकृत रूपमा उम्मेदवारहरूलाई उपलब्ध गराइएको आरोप लागेपछि संस्थाको विश्वसनीयता र निर्वाचनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको छ ।
यो विवाद तब चर्कियो जब अध्यक्ष, सचिव, कोषाध्यक्ष लगायत विभिन्न पदका उम्मेदवारहरूले मतदाताको व्यक्तिगत फोन नम्बरमा पठाएका प्रचार–प्रसारका म्यासेजका स्क्रिनसटहरू सार्वजनिक भए ।
सदस्यहरूले आफूहरूले कहिल्यै सम्पर्क नम्बर नदिएका उम्मेदवारहरूबाट समेत भोट माग्दै म्यासेज र फोन कल आएको भन्दै यो डाटा संस्थाबाटै चुहिएको दाबी गरेका छन् ।
प्रतिक्रिया