काठमाडौं- यस साता नेप्से परिसूचक २७।८४ अंकले बढेर २८७०.६३ विन्दुमा आईपुगेको छ। गत साता २७३१.८० विन्दुमा बन्द भएको नेप्से यो साता १३८.८३ अंकले बढेर २८७०.६३ को विन्दुमा पुगेको हो ।
यस साता सबै कारोबार दिन बजार खुल्यो । यस साता चार कारोबार दिन नेप्से बढेको थियो । भने एक कारोबार दिन मात्र बजारमा सामान्य गिरावट आयो । सेयर बजारका लागि अनुकूल मौद्रिक नीति सार्वजनिक भएसँगै यो साता बजारमा उत्साह देखिएको छ ।
यस साता औसतमा ११ अर्ब ९२ करोड २० लाख रुपैयाँको कारोबार भएको थियो । आइतबार ११ अर्ब ४१ करोडको कारोबार भयो । सोमबार ८ अर्ब १७ करोड, मंगलबार ९ अर्ब ४१ करोड, बुधबार १४ अर्ब ३ करोड र बिहीबार १६ अर्ब ५९ करोडको कारोबार भयो ।
साताको पहिलो कारोबार दिन नेप्से ३१.०८ अंकले बढेर २७६०.८० को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको यसदिन ३११ कम्पनीको ३ करोड ३२ लाख ९२ हजार ३० कित्ता सेयर किनबेच हुँदा ११ अर्ब १४ करोड रुपैयाँको कारोबार भएको थियो ।
साताको दोस्रो कारोबार दिन नेप्से ३५.०९ अंकले घटेर २७२५.७१ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२१ कम्पनीको २ करोड ११ लाख २ हजार ५४० कित्ता सेयर किनबेच हुँदा ८ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको थियो ।
साताको तेस्रो कारोबार दिन नेप्से ३४.४६ अंकले बढेर २७६०.१७ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१७ कम्पनीको २ करोड ६५ लाख १७ हजार २०९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको थियो ।
साताको चौथो कारोबार दिन नेप्से ३४.६१ अंकले बढेर २७९४.७८ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३३० कम्पनीको ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ३ करोड रुपैयाँको कारोबार भएको थियो ।
साताको अन्तिम कारोबार दिन नेप्से ७५.८४ अंकले बढेर २८७०.६३ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३११ कम्पनीको ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ५९ करोड रुपैयाँको कारोबार भएको थियो ।
प्रतिक्रिया