हेमराजको हत्यारा पत्ता लगाउन गृहमन्त्रीको ध्यानाकर्षण

आइतबार, ०४ साउन २०८२, १० : ५४

काठमाडौं - हत्या भएको १५ वर्षपछि दाङका सञ्चार उद्यमी देवीप्रसाद धिताल (हेमराज) का हत्यारा पत्ता लगाइ कारवाही गर्न माग गर्दै गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षणपत्र बुझाइएको छ ।

हेमराजका भाइ पुष्कर धितालको तर्फबाट रेडियो तुलसीपुरका स्टेशन म्यानेजर अर्जुन गिरी र प्रेस चौतारीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सहइञ्चार्ज गणेश आचार्यले शनिबार गृहमन्त्री लेखकलाई भेटेर ध्यानाकर्षणपत्र बुझाउनुभएको हो । रेडियो तुलसीपुरका अध्यक्ष हेमराजको २०७६ साल साउन ६ गते तुलसीपुर–१२ जसपुरमा अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । ध्याकर्षण पत्र बुझ्दै गृहमन्त्री लेखकले सञ्चार उद्यमी हेमराजका हत्याराको पहिचान गरी कारवाही गर्न प्रहरीलाई निर्देशन दिने प्रतिबद्धता जनाए ।

आइतबार, ०४ साउन २०८२, १० : ५४

प्रतिक्रिया