सेयर बजार

प्रि ओपन सेसनमा ७.७५ अंकले बढ्यो नेप्से

आइतबार, ०४ साउन २०८२, ११ : ०६

काठमाडौं- साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ७.७५ अंकले बढेको छ।

यससँगै सेसन अवधिको सूचक २८७८.३८ अंकको विन्दुमा पुगेको छ। 

यस सेसनमा ८ करोड ६२ लाख १२ हजार २९३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। 

सेसन अवधिभरमा ९३ कम्पनीको १ लाख ६८ हजार ३७९ कित्ता सेयर कारोबार भएको हो ।  

 
 
आइतबार, ०४ साउन २०८२, ११ : ०६

प्रतिक्रिया