एमाले पार्टी कार्यालयमा ओली-विद्याबीच भेटवार्ता हुँदै

आइतबार, ०४ साउन २०८२, १२ : ३९

काठमाडौं– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टी राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्या भण्डारीबीच भेट हुन लागेको छ । आइतबार एमाले पार्टी मुख्यालय च्यासलमा ३ बजे भेटवार्ताको कार्यक्रम तय भएको बताइएको छ ।

एमालेको सचिवालय र पोलिटब्यूरो बैठकमा पूर्वराष्ट्रपतिको सक्रिय राजनीतिमा पुनरागमनको विषयमा छलफल भएको थियो । बैठकमा अधिकांश नेताहरुले अध्यक्ष ओली आफैंले भेट गरी छलफल गर्न सुझाएपछि आज भेटवार्ता हुन लागेको हो ।

गत असार १४ गते ७४ औं मदन जयन्तीको अवुसरमा भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्कन पार्टी सदस्यता नवीकरण गरेको खुलाुसा गरेकी थिइन् । त्यसयता तरंगित एमालेको राजनीतिमा शुक्रबारदेखि बसेको पोलिब्यूरो बैठकमा समेत नेताहरु पक्ष विपक्षमा देखिएका थिए । एमालेको संस्थापन ओली पक्षले भण्डारीको सदस्यता नवीकरण स्थगित गरेको जनाएको छ । 

यसले एमालेमा तीव्र धु्रवीकरण सहित ओलीको नेतृत्वमाथि चुनौती थपिएपछि भण्डारीलाई रोक्न अनेकौं कसरत जारी छ ।

 
आइतबार, ०४ साउन २०८२, १२ : ३९

प्रतिक्रिया