बीमा प्राधिकरण गण्डकी प्रदेशले साउन ६ गते अभिकर्ता परीक्षा सञ्चालन गर्ने

आइतबार, ०४ साउन २०८२, १६ : ४८

काठमाडौं- नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेश कार्यालयले साउन ६ गते मंगलबार जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने भएको छ । 

बीमा ऐन, २०७९ अनुसार बीमा एजेण्टको लाइसेन्स पाउनका लागि अनिवार्य रूपमा परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गरेसँगै प्राधिकरणले परीक्षा लिंदै आएको छ । 

बिहान ११ बजेदेखि सुरू भएर साढे १२ बजेसम्म चल्ने यो परीक्षा अनलाईन माध्यमबाट लिइने प्राधिकरणले जानकारी दिएको छ।

यो परीक्षा पास गर्ने व्यक्तिले अभिकर्ताको अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्नेछन्।

 
 
आइतबार, ०४ साउन २०८२, १६ : ४८

प्रतिक्रिया