काठमाडौं- ह्वाइट लोटस पावर लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले जम्मा १२ लाख १९ हजार कित्ता आईपीओ निष्कासनको अनुमति माग्दै असार ३१ गते निवेदन दिएको हो।
बोर्डबाट अनुमति पाएमा कम्पनीले आईपीओबाट १२ करोड १९ लाख रुपैयाँ संकलन गर्नेछ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ रहेको छ ।
प्रतिक्रिया