नेप्सेमा कालिका पावर कम्पनीको बोनस सेयर सूचिकृत

सोमबार, ०५ साउन २०८२, १६ : ०९

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कालिका पावर कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । 

आज सोमबार नेप्सेमा कम्पनीको ७ प्रतिशत बोनस सेयर वापत ६ लाख १० हजार ९९५ कित्ता सेयर सूचिकृत भएको हो । 

उक्त सूचिकृत सेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

 
सोमबार, ०५ साउन २०८२, १६ : ०९

प्रतिक्रिया