काठमाडौं- सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले दुई जलविद्युत् आयोजनामा २५ करोड रुपैयाँ बराबरको सेयर लगानी गर्ने भएको छ।
मंगलबार बसेको कम्पनीको सचालक समितिको बैठकले जलविद्युत् आयोजनाहरुमा लगानी गर्ने निर्णय गरेको हो ।
कम्पनीले एपेक्स मकालु हाइड्रोपावर लिमिटेड मा ११ लाख कित्ता सेयर खरिदमार्फत ११ करोड रुपैयाँ र गौरीशंकर पावर डेभलपमेन्ट लिमिटेड मा १४ लाख कित्ता सेयरमार्फत १४ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ।
सिनर्जीले यसअघि नै एपेक्स मकालु हाइड्रोपावरमा ४४ करोड २७ लाख ४४ हजार रुपैयाँ लगानी गरिसकेको छ।
एपेक्स मकालु हाइड्रोपावर लिमिटेडले सोलुखुम्बु जिल्लाको होंगु खोलामा २२ मेगावाट क्षमताको ‘मध्य होंगु खोला ए’ आयोजना निर्माण गरिरहेको छ भने, गौरीशंकर पावर डेभलपमेन्ट लिमिटेडले सोही खोलामा २३ मेगावाट क्षमताको ‘मध्य होंगु खोला बी’ आयोजना निर्माण गरिरहेको छ।
प्रतिक्रिया